काठमाडौं। नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि उनले काठमाडौं जिल्ला अदालतमा पुगेर अदालती विवाह ‘कोर्ट म्यारिज’ गरेकी हुन् ।
यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए। अभिनेत्री थापाको यो दोश्रो पटक विवाह हो । उनले केही समयअघि कोर्ट म्यारिज गरेकी हुन्। जाजरकोट स्थानीय घर भएका अमेरिका निवासी व्यवसायी बलराम शाहीसँग विवाह गरेको उनले बताइन्। शाहीसँग आफ्नो एक वर्षअघि भेट भएको र त्यही भेट प्रेममा परिणत भएर विवाह गरेको रेखाको भनाइ छ।
आउने वैशाखमा विवाह गर्ने तयारी रहे पनि लगन नभएका कारण कोर्ट म्यारिज गरेको उनको भनाइ छ। विवाहबारे वैशाखमै जानकारी दिने तयारी भएपनि कोर्ट म्यारिजका क्रममा उपस्थित फ्यानहरुका कारण ‘लिक’ भएको उनले बताइन्। उनले भनिन्, ‘विवाह गराइदिने न्यायाधीश (अधिकारी) पनि मेरो फ्यान हुनुहुँदो रहेछ। उहाँले खोइ, मास्क खोल्नुहोस् हेरौं भनेपछि अरुले पनि देखेका थिए।’ उनले राजनीतिमा आइसकेपछि आफ्नो पछाडि बलियो भरोसा हुनुपर्ने महसुस पनि गरेको बताइन्।उनले भनिन्, ‘राजनीतिमा एक्लै महिलालाई अघि बढ्न सहज रहेनछ।
सवैले विवाह गर्न प्रेसर पनि दिइरहेका थिए। त्यसैले मन परेको केटासँग विवाह गरेँ।’ आफू कर्णाली क्षेत्रसँग आकर्षित भएका कारण पनि त्यहीँको केटा भेट्दा अझ खुसी भएको बताइन्। उनले कर्णाली क्षेत्रकै विषयमा ‘मालिका’ फिल्म बनाएकी छिन्। यसअघि उनी निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् तर, दुई बीचको सम्बन्ध टिक्न सकेको थिएन । अभिनेत्री थापा चलचित्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । उनी हालसालै भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फबाट महामन्त्री उम्मेदवारी दिएकी थिइन् । कमल थापानिकट मानिएकी उनी राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवार दिएकी उनी महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।


