धनगढी। कैलालीको धनगढी बसपार्कबाट लागूऔषधसहित एक महिला पक्राउ परेकी छन्। आज धनगढी उपमहानगरपालिका-४ स्थित बसपार्कबाट १२ ग्राम लागूऔषधसहित गौरीगंगा नगरपालिका-४ बस्ने २६ वर्षीया देउमती साउदलाई पक्राउ गरिएको हो।
उनी संग लागुऔषध चरेश रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ४ बसपार्क एरियाबाट पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ। १२ ग्राम लागु औषध चरेश सहित देउमतीलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।


