कञ्चनपुर। कञ्चनपुरको भिमदत्तनगरपालीका १८ मा बालबालीका, बृद्धा, गरिब तथा एकल महिलालाई ब्लाङकेट सहयोग गरिएको छ। आज चुजी फाउन्डेसनको सहयोगमा र नेपाल परिवार दलको युवा नेता खडक नागरी र पिस फोर्सका युवा नेता अजय जैरू पहलमा कञ्चनपुरको भिमदत्तनगरपालीका १८ बागवणीका उनीहरुलाई ब्लाङकेट सहयोग गरिएको हो ।
भिमदत्तनगरपालीका १८ क्षेत्रका समाजसेवी बिश्व कडेल, नमिता जैरू, सरैन जैरु, गौरी एस के, निरन्जना सिह लगायतको सहभागीता रहेको परिवार दल संयोजक खडक नागरीले जानकारी दिए। भिमदत्त नगरपालिका वडा नम्बर १८ बागवणी बालबालीका, बृद्धा, गरिब तथा एकल महिलालाई २५ पिस बलाङकेट वितरण गरिएको पिस फोर्सका युवा नेता तथा केन्द्रीय सदस्य अजय जैरुले बताए । स्थानीय सरकारले अहिले सम्म कुनै सहयोग नगरेको र परिवार दलले सहयोग गरेकोले स्थानीयहरुले आउँदो चुनावमा परिवार दललाई सहयोग गर्ने बताएका छन् ।


