धनगढी। धनगढीमा २७ औं जनयुद्ध दिवसमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ। जनक्रान्तीका घाइते तथा अपांग योद्धा संगठन सुदुरपश्चिम प्रदेशको आयोजनामा २७ औं जनयुद्ध दिवसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको धनगढी उपमहानगर कमिटि सचिव रमेश प्रशाद भट्टराइले जानकारी दिए।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्य रहेको थियो। माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मुख्यमन्त्री भट्टले जनयुद्धका घाईते अपाङ्ग तथा सबैमा शुभकामना ब्यक्त गरेका छन्। उनले जनयुद्ध दिवसमा शुभकामना ब्यक्त गर्दै अहिलेको परिवर्तन माओवादीले संचालन गरेको जनयुद्धको उपलब्धिका रूपमा लिन सकिने बताए । यस्तै अतिथिका रुपमा कृषि मन्त्री बिनिता चौधरी तथा सहिद परिवार घाइते परिवारजनको उपस्थित रहेको थियो।



२७ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम
२७ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

