कैलाली। नेकपा माओवादी गोदावरी नगर कमिटीले जनयुद्ध दिवसको अवसरमा कैलालीको अत्तरियामा फलफुल वितरण गरेर जनयुद्ध दिवस मनाएको छ। २७ औं जनयुद्ध दिवसको अवसरमा कैलालीको अत्तरियामा
अत्तरियामा बिरामी र बालबालिकालाई फलफुल वितरण गरेर जनयुद्ध दिवस मनाएको हो । नेकपा माओवादी गोदावरी नगर कमिटीले दिवसको अवसरमा गोदावरी नगरपालिका – २ तेघरीमा रहेको सुदूरपश्चिम समावेशी विद्यालयका बालबालिकालाई फलफुल वितरण गरेको छ। विद्यालयमा अध्ययन गर्ने ६० जना अपाङ्गता भएका बालबालिकालाई फलफुल वितरण गरिएको नगर समिटी अध्यक्ष धर्म सिह कुँवरले जानकारी दिए ।
कुँवरको अध्यक्षतामै भएको एक औपचारीक कार्यक्रमका बिच पार्टीका नेता कार्यकर्ताहरुले बालबालिकालाई फलफुल वितरण गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका नेकपा माओवादीका केन्द्रिय सल्लाहकार बिक्रम बिकले जनयुद्धमा भएका सम्पुर्ण सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जनयुद्धकै बेलामा देशमा ठूलो राजनीतिक परिवर्तन आएको बताए । उनले परिवर्तनको रक्षाकालागि सजक हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै पार्टीका प्रदेश कमिटी सदस्य उद्धव भट्टले माओवादीले तत्कालिन समयमा जनयुद्ध संचालन नगरेको भए अहिलेको संघियता, गणतन्त्र, समावेशी जस्ता राजनीतिक उपलब्धिहरु प्राप्त हुन नसक्ने बताए। ‘एकात्मक र राजतन्त्रको व्यवस्था रहेको अवस्थामा जनयुद्धको बलमा संघिय गणतन्त्र, सिहदरबारका अधिकारी गाउँगाउँमा पुर्याउने लगायतका अपलब्धि भएको दिनको सम्झनामा आज दिवस मनाएका छौ’ उनले भने ‘दिवसको अवसरमा सम्र्पुण सहित प्रति श्रद्धाञ्जन अर्पण गरेका छौ ।’उक्त कार्यक्रममा प्रदेश सदस्य मेघराज भट्ट लगायत माओवादीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
दिवसकै अवसरमा अत्तरियामा रहेको पदमा अस्पतालमा उपचारर बिरामीहरुलाई पनि फलफुल वितरण गरिएको नगर अध्यक्ष कुँवरले बताएका छन। २०५२ फागुन १ गते नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको सम्झनामा हरेक बर्ष यो दिवस मनाउँदै आईएको छ ।जनयुद्ध २०६२/६३ सालको जनआन्दोलन सँगै २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता पछि औपचारिक रूपमा अन्त्य भएको थियो । जनयुद्धमा राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीले ज्यान गुमाएका थिए ।


