काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वतः निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१९२० अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।
यसम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ । संविधानविद् टीकराम भट्टराईले प्रस्ताव दर्ता भएसँगै स्वतः प्रधानन्यायाधीश निलम्बनमा परेको बताए । उनले भने,ुउहाँले प्रधानन्यायधीशको रुपमा अब काम गर्न पाउनु हुने छैन ।
सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठतम् न्यायाधीश स्वतः कार्यबहाक प्राधानन्यायधीशको रुपमा कायम हुने छन्। संसदीय प्रक्रियामा महाअभियोगको प्रस्ताव छलफलमा हुने उक्त छलफलपछि ११ सदस्सीय छानबिन समिति बनाउने र उक्त समितिले प्रधानन्यायाधीशलाई बयानका लागि बोलाउने प्रावधान रहेको भट्टराईले बताए ।
यस्तो छ प्रधानन्याधीशविरुद्धको महाअभियोग प्रस्ताव पूर्णपाठ
काठमाडौँ — सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार २१ बुँदे अभियोग प्रस्ताव दर्ता गराएका छन् । अभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।उनीहरूले प्रधानन्यायधीशविरुद्ध लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएका छन् ।त्यस्तै, प्रधानन्यायधीशले सर्वोच्च अदालत र न्यायालयभित्रै निजको कार्यकालमा अतिशय विकृतिरविसंगति तथा भ्रष्टाचार तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाएका छन् ।यस्तो छ महाअभियोगको पूर्णपाठ यहाँ तल क्लिक गर्नुहोस
https://drive.google.com/file/d/1bCI6wP8HY84oEMfsOu6syZ5Ptt7dd8mL/view


