धनगढी। नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाका १९ सै वडामा वडा इन्चार्ज तोकेको छ। नेकपा माओवादी केन्द्र धनगढी उपमहानगर कमिटीको शनिवार बसेको बैठकले निर्णय गरेर वडा इन्चार्जहरु तोकेको नगर सचिव रमेश प्रसाद भट्टराईले जानकारी दिएका छन् ।
जस अनुसार धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ मा किसन कोलि,वडा नम्बर २ मा मुकेश रैका,वडा नम्बर ३ मा निराजन बिष्ट, वडा नम्बर ४ मा डिल्ली राज भट्ट वडा इन्चार्ज तोकिएका छन् । यस्तै वडा नम्बर ५ मा चक्र बि क, वडा नम्बर ६ मा भागिराम चौधरी, वडा नम्बर ७ मा सीता गिरि, वडा नम्बर ८ मा डम्बर भट्टराई तोकिएका छन्।
यस्तै वडा नम्बर ९ मा ओमप्रकाश चौधरी, वडा नम्बर १० मा राजकुमारी राना, वडा नम्बर ११ मा सिद्धराज भट्ट, वडा नम्बर १२ मा देब दत्त भट्ट, वडा नम्बर १३ मा टेकसिह धामी,वडा नम्बर १४ मा मनिराम जोशी,वडा नम्बर १५ मा नगेन्द्र जोशी, वडा नम्बर १६ मा माधब जोशी,वडा नम्बर १७ मा लाल ब चौधरी, वडा नम्बर १८ मा टंक बास्कोटा, वडा नम्बर १९ मा नबराज जोशी इन्चार्ज तोकिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) धनगढी उपमहानगरपालिका कमीटीले वडा इन्चार्जहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेको जनाइएको छ ।


