दार्चुला। भारतले पठाएको बेलुनसहितको उपकरण शुक्रबार दार्चुलाको नौगाडमा झरेको छ । भारतले पठाएको बेलुनसहितको उपकरण भेटिएपछि यो शंकाको विषय बनेको जनाइएको छ ।
दार्चुलाको नौगाड गाउँपालिकाको ढामडेरामा बेलुनसहितको उपकरण भेटिएको हो । त्यसमा मौसम विज्ञान केन्द्र देहरादुन लेखिएको छ। भारतले मौसम सम्बन्धि तथ्यांक संकलनका लागि बेलुन पठाएको बुझिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए।
‘ बेलुनमा एउटा उपकरण राखेको अवस्थामा भेटिएको थियो,’ उनले भने, ‘त्यो भारतले मौसम सम्बन्धि तथ्यांक संकलनको लागि पठाएको भन्ने बुझिएको छ ।’‘यसअघि पनि पठाउने रहेछन्, हावा कम भएपछि बेलुन झरेको हो, ‘मौसम सम्बन्धि तथ्यांक संकलनका लागि भए त ठिकै हो, अन्य प्रयोजनको लागि पनि हुनसक्छ, प्राविधिकसँग सल्लाह गरिरहेका छौं प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने।