कैलाली। कैलालीको गौरीगंगा नगरपालीकास्थीत काली गण (ई) बढैपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा परिवार दलले ब्लाङकेट सहयोग गरेको छ।
शुक्रबार गौरीगंगा नगरपालीकास्थीत बढैपुरमा रहेको सर्प दश उपचार केन्द्रमा नेपाल परिवार दल सुदुरपश्चिम प्रदेश सयोजक खडक नागरीले गणका सहायक सेनानी जनक राज न्यौपानेलाइ ब्लाङकेट सहयोग गरेका हुन् । बढैपुरस्थीत सर्प दश उपचार केन्द्रमा सर्पले टोकेका बिमारीहरुको बिशेष उपचार गरिदै आएको छ।
सर्पदंश उपचार केन्द्रका मेडिकल इन्चार्ज नेत्र बहादुर कार्किको सल्लाह र आग्रहमा परिवार दल सुदुरपश्चिम सयोजक नागरीले ६ बेड भएको सर्पदंश उपचार केन्द्रमा आवस्यक परेको हुदा सहयोग गरेको बताए । सर्पदंश उपचार केन्द्रका मेडिकल इन्चार्ज नेत्र बहादुर कार्किले उपचार केन्द्र सबैको सहयोगबाट नै संचालित भैरहेको बताएका छन्। ब्लाङकेट सहयोग कार्यक्रममा पार्टीका सयोजक खडक नागरी, केन्द्रीय सदस्य बिष्णु बिके, जिल्ला अध्यक्ष विशाल चौधरी, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरू,मिडियाको तर्फबाट रमा चन्द,उपचार केन्द्रका अध्यक्ष टीका नाथ, नेपाल आर्मीका प्र.स.चुडामणी पुन सहितको टिम कार्यक्रममा सहभागी रहेको युवा नेता अजय जैरुले वताए। साथै नेपाल आर्मी सहायक सेनानी जनक राज न्यौपानेले नेपाल परिवार दललाई बलाङकेट सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा सहयोगको आशा ब्यक्त गरेका छन्। साथै पार्टीका सयोजक नागरीले सहयोग गर्ने प्रतिबद्यता गरेका छन्।