धनगढी। नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन फागुनमा हुने भएको छ। कांग्रेस कैलालीको जिल्ला अधिवेशन फागुन १३ गतेकालागि अधिवेशनको मिति तय भएको कांग्रेस कैलालीले जनाएको छ।
यस्तै, नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो।
कांग्रेसको कैलाली,अछाम, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर र बाँके जिल्लाको अधिवेशन हुन बाँकी छ । यसअघि कैलालीमा कांग्रेसले आन्तरिक तयारी र कोभिडका कारण अधिवेशन स्थगित गर्दै आएको थियो। अहिले कोभिडको संक्रमण दर घटेसँगै अधिवेशन गर्ने तयारी थालिएको बताइएको छ।हेर्नुहोस् कांग्रेसको निर्वाचन समितिको सूचना

