धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर ९ को नव निर्मीत वडा कार्यालयको भवनको उद्घाटन गरिएको छ। नव निर्मीत वडा कार्यालय भवनको एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालीका नगरप्रमुख नृप बहादुर वडले संयुक्त रुपमा आज उद्घाटन गरेका हुन् ।
नव निर्मीत वडा कार्यालयको भवनको उद्घाटन गर्दै नगरप्रमुख नृप बहादुर वडले वडा कार्यालयको भवनबाट जनताको सहजै कामकाज होस भनेर प्रत्येक वडामा वडा कार्यालय भवनहरु निर्माण भैरहेको बताएका छन् । उनले अब वडा बासीले वडा कार्यालय मार्फत कामकाज गर्न सहज हुने बताएका छन् । उनले भने १९ वटा वडा मध्ये १७ वडामा वडा कार्यालयको आफ्रनै भवन बनी सकेको र २ वटा वडामा निर्माणको प्रक्रियामा रहेको बताए ।
भवन उदघाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा कार्यालय भवन निर्माण पछि सेवा दिने कर्मचारी र वडाबासी बिच सुमधुर सम्बन्ध बन्ने बिश्वास ब्यक्त गर्दै नगरप्रमुख वडले अब बडावासीले घर नजिकैबाट सेवा उपलब्ध पाउन समेत बिश्वास लिए । वडा कार्यालयको संरक्षण र सुरक्षा दिने सबै वडाबासीको जिम्मेबारी रहेकाले यस्मा सबैको साथ सहयोग रहने बताएका छन् । वडाको बिकास र समृद्र्धि अगाडी बढाउन प्रयासरत रहेको बताउँदै सडक, खानेपानी, स्वास्थ्य चौकी वडा कार्यालयको समस्यालाई थप ब्यवस्थीत बनाएर लगिने र मसानघाटको समस्यालाई पनी समाधान गरिने बताए।
वडाको सुरक्षा प्रदान गर्ने उदेश्यले थप बिओपी राख्ने काम भैरहेको र वडा कार्यालयलाई थप ब्यवस्थीत गरीने नगरप्रमुखको अपेक्षा रहेको छ । नगरप्रमुख वडले आफू निर्वाचित भएर आइसकेपछि सम्पुर्ण वडालाई सम्पन्न बनाउने निति अनुरुप काम भैरहेको बताए।उनले उपमहानगरपालिकाका सबै १९ वटै वडामा आफ्नै भवन, खानेपानी, स्वास्थ्य कार्यालय लगायत संरचना निर्माण गरि सम्पुर्ण वडाबासीलाई सेवा दिई रहेको समेत बताए । भ्याट सहित ८३ लाख रुपैयामा न्यु सहारा कन्स्ट्रक्सनले उक्त भवनको निर्माण गरेको हो । यस्तै नव निर्मीत वडा कार्यालयको भवनको उद्घाटन उपप्रमुख शुसिला मिश्र भटट् तथा वडा अध्यक्ष प्रेम नारायण भण्डारीको सहभागिता थियो । भवनको उदघाटन गर्दै उपप्रमुख भट्टले वडा कार्यालयले अब सम्पुर्ण काम एउटै छानामुनिबाट हुने बताइन।
उनले सम्पुर्ण वडा बासिलाई वडा कार्यालयले गर्ने कामको निगरानी समेत राख्न अनुरोध गरिन । वडा कार्यालयले के कस्को सेवा, कसरी दिई राखेको छ, त्यसको निगरानी यहाँहरुले समेत गर्नु पर्छ उपमेयर भट्टले बताइन । वडा सदस्य सारदा कुमारी ताम्राकारले कार्यक्रमको स्वागत मन्त्व्य ब्यक्त गरेकी थिइन् । यस्तै कार्यक्रममा धनगढीउपमहानगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बराल, धनगढीउपमहानगरपालीका प्रमुख प्रसासकिय अधिकृत रामलाल श्रेष्ठ रहेका थिए। नव निर्मीत वडा कार्यालयको उद्घाटन पछि बोल्दै प्रसासकिय अधिकृत रामलाल श्रेष्ठले वडाबाट सेवा दिने कर्मचारी र वडाबासी बिच सुमधुर सम्बन्ध बन्ने बताएका छन् । कार्यक्रममा बडाबासीको सहभागिता रहेको थियो ।


