कैलाली। प्रधान सेनापति प्रभुराम शर्मा आज सुदूरपश्चिमको भ्रमणमा छन । नेपाली सेनाका प्रमुख प्रधानसेनापति शर्मा रक्षा सचिव सहितको टोलीले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी लगायतसंग भेटेर शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरेका छन।
सुदुरपश्चिम प्रदेशको समग्र शान्ति सुरक्षाको बारेमा र नेपाली सेनाले विपतको बेलामा खेलेको उल्लेखनीय भुमिकाको बारेमा छलफल लगायत विषयमा जानकारी लिएको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन । बिपतका बेला सुदूरपश्चिम सरकारले गरेको महत्वपूर्ण भूमिका लगायत विषयमा जानकारी लिएको उनले बताइन ।प्रधानसेनापति शर्माले सुरक्षा निकायसंगको समन्वयमा विपद व्यवस्थापनमा प्रदेश सरकारले गरेको कामको उच्च प्रशंसा समेत गरेको बताइन । प्रधानसेनापतिको टोलीले दार्चुलाको लिपुलेक, लिम्पियाधुराको बिषयमा समेत छलफल गरेको बताउँदै मन्त्री जोशीले अहिले सो टोली दार्चुलातर्फ प्रस्थान गरेको बताइन। नेपाली सेनाका प्रमुख प्रधानसेनापति शर्माले आज सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने जनाइएको छ ।