कैलाली। कैलालीको जोशीपुरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरिएको छ।
कैलालीमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र एमसीसीलगायतका विषयमा सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ। जोशीपुरमा नेकपा एमालेका भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल जोशीपुर गाउँ कमिटिले विरोध प्रदर्शन गरेको हो।
मापसे गठबन्धन सरकारको गलत कदम बिरुद्ध जोशिपुर गाउँँपालीकामा अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालद्वारा बिरोध प्रदसन तथा राकेजुलुस गरिएको नेकपा एमाले जोशीपुर गाउँपालिका पार्टी सचिव यमराज जोशीले जानकारी दिए।
‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर’, ‘एमसीसी खारेज गर, ‘लिपुलेख लिम्पियाधुरा र कालापानी फिर्ता गर’, अपराधिक अभिब्यक्ति दिने ‘मन्त्री रेणु दाहाललाई कारबाही गर’ लगायतका नारासहित बिरोध गरिएको अनेरास्ववियू गाउँ कमिटिका संयोजक भिम बिनाडीले बताए।


