धनगढी। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीद्धारा खाद्य उध्योगहरुको अनुगमन गरिएको छ। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले आफ्नो नियमित कृयाकलाप र जिम्मेबारीको कार्य अनुसार कन्चनपुरको दोधारा चाँदनी नगरपालीकामा खाद्य उध्योगहरुको अनुगमन गरिएको हो।
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालका अनुसार यस हप्ता सुदुर पश्चिमको महाकाली नदीपारी दोधारा चादनी नगरपालीकामा क्षेत्र भित्र रहेका खाद्य उध्योगहरुको अनुगमन गरिएको जानकारी दिए। साथै उनले खाद्य उध्योगहरुको अनुगमन गरि स्वछता मापदण्ड सुधार गर्न र दर्ता अनुज्ञापत्रको दायरामा आउन निर्देशन दिने काम समेत गरिएको जानकारी दिएका छन्।
खाद्य उध्योगहरुको अनुगमनमा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । यसअघि सुदुर पस्चिमका बिभिन्न जिल्लामा खाद्य उद्योग, होटेल रेस्टुरेन्ट तथा पसलहरुको अनुगमन भएको थियो । सुरक्षा निकाय सहितको संयुक्त टोलीबाट अनुगमन गरि खाद्य स्वछता तथा गुनस्तर सुधारकालागि निर्देशनका साथै म्याद गुज्रिएका खाद्य बस्तुहरु जफत समेत गरि नियमन प्रक्रिया अघि बढाइएको थियो। भने ति खाद्य उद्योग आगामी दिनमा थप सुधार हुने अपेक्षा लिइएको छ।


