कैलाली। कैलालीमा दुर्लभ वन्यजन्तु जीवित सालकसहित एकजना पक्राउ परेका छन्। प्रहरीले दुर्लभ बन्यजन्तु सालकसहित एक जनालाई कैलालीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ बस्ने जनक चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
चौधरीले दुर्लभ वन्यजन्तु सालक लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त जीवित सालकसहित फेला पारी पक्राउ गरेको हो। उनलाई उक्त सालकसहित आवश्यक अनुसन्धानको लागि सब डिभिजन वन कार्यालय लम्की पठाइएको छ।


