कैलाली। कैलालीको घोडाघोडी नगरपालीकाका बृद्धा गरिब एकल महिलालाई बलाङकेट न्यानो लुगा सहयोग गरिएको छ । घोडाघोडी नगरपालीकाका बृद्धा गरिब तथा एकल महिलालाई टिजुची फाउन्डेसन र नेपाल परिवार दलले ३० पिस बलाङकेट सहयोग गरेको हो ।
आज सोमबार टिजुची फाउन्डेसनको सहयोग तथा नेपाल परिवार दलको युवा नेता खडक नागरी र घोडाघोडी नगरपालिका युवा नेता नगर अध्यक्ष जनक बम ज्युको पहलमा बृद्धा गरिब एकल महिलाहरुलाइ ३० पिस बलाङकेट वितरण गरिएको युवा नेता खडक नागरीले जानकारी दिए ।
साथै बलाङकेट सहयोग तथा बितरण कार्यक्रममा घोडाघोडी नगरपालीका क्षेत्रका समाजसेवीको पनि सहभागी भएको युवा नेता रामहरि बिष्टले जानकारी दिए । बृद्धा गरिब एकल महिला तथा स्थानीयहरुले अहिले सम्म स्थानीय सरकारले कुनै सहयोग नगरेको र परिवार दलले सहयोग गरेकोले आउँदो चुनावमा परिवार दल लाई सहयोग गर्ने बताएका छन् ।


