धनगढी। धनगढीमा एमसीसी सम्झौता खारेजीको माग गर्दै युवा संघ नेपालले प्रर्दशन गरेको छ। अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग अघि सारेर धनगढीमा प्रर्दशन गरिएको हो।
नेकपा (एकीकृत समाजवादी )निकट युवा संघ नेपालले चर्को पेट्रोलियम पदार्थ मुल्य बृद्धी खारेजको माग सहित प्रर्दशन गर्दै चटकपुर स्थीत प्रदेश पार्टी कार्यालयबाट पार्कमोडसम्म कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चीम इन्चार्ज दीपक बहादुर सिंहले एमसीसी सम्झौता फिर्ता नगरे आन्दोलनको आधिभेरी सुदूरपश्चीमबाट शुरु हुने बताएका छन्।
उनले महाकाली सन्धी लाई राम्रो भन्नेहरुनै सम्झौता गर्न लागेको भन्दै विरोध जनाए। कोणसभामा युवा संघ नेपालका केन्द्रीय सचिव तथा धनगढी उपमहानगर पालिका संगठन कमिटी अध्यक्ष मदनराज रेग्मीले एमसीसी नेपालका लागि घातक भएकाले उक्त सम्झौता खारेजीको माग गरे । ‘यो एमसीसी सम्झौता देश र जनताको हितविपरित भएकाले सडकमा आउन बाध्य भएको बताए। संसदबाट राष्ट्रघाती सम्झौता पास गर्न नहुने भन्दै बिरोध प्रर्दशन गरिएको युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा नेकपा एकीकृत समाजवादी पार्टी कैलाली जिल्ला कमिटी सदस्य ओम बिक्रम चन्दको भनाई छ ।


