अछाम। अछाममा मरेको अवस्थामा चितुवा फेला परेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा मृत अवस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय अछामले जनाएको छ ।
शुक्रबार मरेको अवस्थामा फेला परेको चितुवा आज डिभिजन वन कार्यालय ल्याईएको कार्यालयका सूचना अधिकारी रेञ्जर विमल चन्दले जानकारी दिए। चितुवा मरेको अवस्थामा भेटिएको र खबर पाएपछि जिल्लामा ल्याई पोष्टमार्टम गरिएको रेञ्जर चन्दले बताए।चितुवाको शरिरमा स्यालले खाएको समेत भेटिएको उनको भनाइ छ।
पोष्टमार्टम रिपोर्ट अनुसार दुई चितुवा आपसमा लडेर मरेको पाईएको सुचना अधिकारी चन्दले बताए। पशुसेवा कार्यालयका पशु चिकित्सकले पोष्टमार्टम गरेका र दुई चितुवा आपसमा लडेपछि एउटा मरेको पाईएको उहाँले जानकारी दिए ।मरिसकेपछि स्यालले खाएको पाईएको चन्दले बताए ।

