धनगढी। कैलालीको अत्तरियामा चक्काजाम गरिएको छ। कैलालीको अत्तरियास्थीत अत्तरिया चोकमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आइतबार चक्काजाम गरेको हो। विप्लवका कार्यकर्ताले एक घण्टा अत्तरिया चोकमा चक्काजाम गरिएको जनाएको छ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा उनीहरुले चक्काजाम गरेका हुन्। मुल्यबृद्र्धि फिर्ता गर, दलाल सरकार होसीयार, राष्टघाती एमसिसी खारेज गर लगायतका नारा लगाएका थिए । तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने उनीहरुको माग छ। पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने नेकपाका कार्यकर्ताले चेतावनी दिएका छन्। पेट्रोलियम पदर्थमा भएको मुल्य वृद्धि विरुद्ध अत्तरिया, सुख्खड र लम्किमा एक घण्टा चक्काजाम कार्यक्रम गरिएको सुवास जोशीले बताएका छन् । 



कैलालीको अत्तरियामा नेत्रविक्रम चन्द (विप्लव)द्धारा चक्काजाम
कैलालीको अत्तरियामा नेत्रविक्रम चन्द (विप्लव)द्धारा चक्काजाम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

