धनगढी। हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। बिहीबारदेखिको लगातारको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीका अनुसार डडेल्धुराको साहुखर्क, बैतडीको सतबाझ, खोड्पे र अछामको चौखुट्टेमा राजमार्ग अवरुद्ध भएको छ। त्यस्तै, बझाङ, बाजुरा, डोटी र दार्चुलामा पनि भारि वर्षाका साथै हिमपात भएको छ। वर्षा र हिमपात भएसँगै सुदुरपश्चिमको जनजीवन प्रभावित बनेको छ।


