सुदूरपश्चिम। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले हालै सम्पन्न भएको राष्ट्रियभसाको निर्वाचनमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
गत माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनका क्रममा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा मत क्रस गर्ने सांसद र स्थानीय जनप्रतिनिधिमाथि एमालेले कारबाही गर्ने भएको छ। बुधबार बसेको सचिवालयको भक्तपुरमा बसेको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा देखिएको अनुशासनहीन गतिविधिमा संलग्नमाथि कारबाहीका लागि छानबिन गर्न प्रदेश समितिलाई निर्देशन दिने निर्णय भएको छु, गुरूङले भने, प्रदेश समितिको प्रतिवेदन अनुसार अन्य दलका उम्मेदवारलाई मत दिनेमाथि कारबाही हुनेछ। प्रदेश १ मा एमालेले पाँच दलीय गठबन्धनको धेरै मत तानेको थियो। प्रदेश १ मा गठबन्धनको मत तानेरै एमालेका एक उम्मेदवार विजयी भएका थिए। तर प्रदेश १ मै एमालेका दुई सांसदले अन्य उम्मेदवारलाई मत दिँदा नेता गुरु बराल पराजित भएका थिए।
सुदूरपश्चिममा गठबन्धनको एक मत एमालेलाई आएको थियो। एमालेको मत पनि गठबन्धनलाई गएको थियो। प्रत्येक सदस्यले तिर्ने शुल्कमध्ये केन्द्रमा ४० प्रतिशत, प्रदेश र जिल्लामा २५/२५ प्रदेश र जिल्ला कमिटीमा १० प्रतिशत रहने भएको छ । रौतहटको पार्टी विवाद सुल्टाउन संगठन विभागलाई जिम्मेवारी दिने निर्णय भएको पनि गुरुङले जानकारी दिए। स्थानीय तहको चुनावका लागि दबाब दिन केन्द्र र सातवटै प्रदेशमा प्रशिणमुलक कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै नवयुग मासिक पत्रिकालाई पार्टीको सैद्धान्तिक तथा वैचारिक मुखपत्रका रूपमा चौमासिकरूपमा निकाल्ने निर्णय पनि बैठकले गरेको छ ।