कञ्चनपुर। कञ्चनपुर वेलडाडीका पिडीतलाइ बलाङकेट बितरण गरिएको छ।
आपतबिपतमा परेकालाई राहात बितरण तथा गरिब दिन दुखीको साहारा बन्दै आएको नेपाल परिवार दल तथा टीजुची फाउन्डेसनले कञ्चनपुर वेलडाडीका बृद्धा गरिब तथा एकल महिलाहरुलाइ राहात सोरुप २५ पिस बलाङकेट बितरण गरेको हो । बुधवार टीजुची फाउन्डेसनको सहयोगमा र नेपाल परिवार दलको युवा नेता खडक नागरीको पहलमा सहयोग बितरण भएको हो ।
यस्तै बलाङकेट सहयोग बितरण कार्यक्रममा कंचनपुर जिल्ला अध्यक्ष प्रेम परियार, पार्टीका गाउँपालिका अध्यक्ष बिरेन्द्र रावल, युवा नेता शिरसिर, बिक्रम भण्डारी समाज सेवी बिरेन्द्र बिष्ट, हिक्मत बहादुर बिष्ट, पिस फोर्स केन्द्रीय सदस्य अजय जैरुको सहभागीता रहेको थियो।वेलडाडी गाउँपलिकाका बृद्धा गरिब एकल महिलाहरुलाइ बलाङकेट वितरणपछि सो टोलका स्थानीयहरुले स्थानीय सरकार र कुनै संघ सस्थाले कुनै किसिमको सहयोग नगरेको गुनासो गरेका छन। परिवार दल सरकारमा नभएको समयमा पनि हामी दुखि गरिबहरुको साहरा बनेकोमा धन्यवाद भन्दै खुसी ब्यक्त गरेको युवा नेता अजय जैरुले बताए ।


