कैलाली । कैलालीको चुरेमा एक बाख्रा फर्ममा आगलागी हुँदा लाखौंको क्षति भएको छ।
कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ सायलको नक्कुमा रहेको भगवती बाख्रा फर्ममा हिजो राति आगो लागेको हो। आगलागीबाट परशुराम सापकोटाको बाख्रा फर्ममा रहेका २४ वटा खसी–बोका मरेका छन्। ६ वटा खसी–बोका तथा बाख्रा घाइते छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार बाख्रा फर्ममा रहेको कच्ची घरमा भान्साबाट आगो सल्किएको हो। सापकोटाले झण्डै ३० लाखको क्षति भएको बताएका छन्। सञ्चालक सापकोटाका अनुसार खसी–बोका र बाख्रासँगै नगद, लत्ताकपडा पनि जलेका छन्।


