धनगढी। कैलालीमा विप्लव कार्यकर्ताद्धारा सहायक वन अधिकृतमाथी कालोमोसो दलीएको छ।
कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तरगत पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत विश्वराज पण्डितलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताद्धारा कालोमोसो दलीएको हो।
पण्डितले भने, विप्लवको कार्यकर्ता भनेर परिचय गराएका केही व्यक्ति तपाईंसंग कुरा गर्छु भन्दै आएका र त्यसपछि चन्दा आतंकको किन विरोध गरेको भन्दै एक्कासी दुर्ववहार गरिएको बताए । पण्डितले सामाजिक सञ्जालमा लेखेका छन्,नेकपा (विप्लव) समूह कथित केहि थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत रहदाकोअविस्मरणीय रहने छ । देश र जनताका विरुद्ध गरेका मेरा कुनै पनी कार्यहरु छन् भने राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जन अदालतको कठघरामा उभ्भिन तयार छु। अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ ।चरित्रमा दाग नलागुन्जेल सम्म अन्य अनेकौं रङ्गहरु पोतेर केहि फरक पर्नेवाला छैन, मारिएन छु भने। समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।
केही समय अगाडि उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका थिए।सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिएका थिए। चन्दाबारे उक्त समिति र सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै पण्डितलाई कालोमोसो दलिएको बताइएको छ। कतीपयले सहायक वन अधिकृतमाथी कालोमोसो दलीएको प्रती अति निन्दनिय कार्य, दोसीलाई कडा भन्दा कडा कारवाही होस भनेका छन् ।
यस्तै उता शिक्षा विकास समन्वय इकाई सोलुखुम्बुका सबइन्जिनियर पवन कुमार यादवमाथि कालोमोसो र जुत्ताको मालासहित हातपात भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले उनलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् । सबइन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा भ्रष्टचार गरेको आरोप लगाउँदै सोमबार दिउँसो कार्यालयमै पुगेका विप्लव निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का कार्यकर्ताले हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् ।
दिउँसो करिब १ बजे मास्क लगाएर कार्यालयमा आएका १० जनाजति युवाहरुले नाराबाजी सहित आफूलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताए । कालोमोसो लगाइदिएपछि क्रान्तिकारीले कार्यालयको मुख्यद्वारमा प्रेस विज्ञप्ति टाँस गरेको छ । क्रान्तिकारीका संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा शिक्षा समन्वय इकाईका सबइन्जिनियरुहरु पवन कुमार यादव र नविन कुमार सिंहले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।यहा हेर्नुहोस भिडियो


