बाजुरा। नेपालको जनगणना २०७८ मा गौमुल गाउँपालिकाको जनगणना सत्य नभएको भन्दै गौमुल गाउँपालिकाले तथ्याङ्क कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको छ।
२०६८ सालको जनगणना र २०७८ को जनगणनाको प्रारम्भीक तथ्याङ्कमा जम्मै २ सय ५० मात्रै जनसख्या बढेको देखाएको भन्दै जिल्ला प्रशासन कार्यालय जिल्ला तथ्याङ्क कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले बताएकी छन ।
२०६८ को जनगणना अनुसार गौमुल गाउँपालिकाको जनसंख्या ८ हजार ५ सय १५ रहेको र मेरो जनगणना मेरो सहभागीता भन्ने नारा बोकेको २०७८ को जनगणना अनुसार ८ हजार ७ सय ६५ मात्रै रहेकोमा यो तथ्याङ्क गलत रहेको गाउँपालिकाले जनाएको छ। ध्यानाकर्षण पत्र…