कञ्चनपुर। गरिब दिन दुखीको साहारा बनेको छ नेपाल परिवार दल र टीजुची फाउन्डेसन। नेपाल परिवार दल र टीजुची फाउन्डेसन सामाजिक कार्यका साथै आपतबिपतमा परेकालाई राहात बितरण, सान्त्वना सहयोगमा खटिदै गरिब दिन दुखीको साहारा बनेको छ।
सुदुरपश्चिमका दुर्गम तथा ग्रामिण क्षेत्रमै पुगेर पिडीत परिवारलाई मलहम लगाउने काम गरेको जनाएको छ । हावाहुरी पिडीत, बाढी पहीरो पिडीत तथा आर्थिक अवस्था कमजोर भएका गरिब दिनदुखी परिवारलाई राहात बितरण तथा सहयोगमा खटिरहने नेपाल परिवार दल र टीजुची फाउन्डेसनले यती बेला जाडो मौसममा समस्यामा परेकालाई न्यानो लुगा बितरण गरिरहेको छ ।
केही दिन यता सुदुरपश्चिममा बढ्दै गइरहेको चिसोका कारण समस्यामा परेका बृद्धा गरिब एकल महिलाहरुलाइ न्यानो लुगा ब्लाङकेट वितरण कार्य गरिरहेको हो। सोही अनुसार नेपाल परिवार दलको युवा नेता खडक नागरीको पहलमा र टीजुची फाउन्डेसनको सहयोगमा आज शुक्लाफाटा नगरपालिका वडा नम्बर ४ र वडा नम्बर १३ बृद्धा गरिब एकल महिलाहरुलाइ २५ / २५ पिस न्यानो लुगा ब्लाङकेट वितरण गरिएको छ।
ब्लाङकेट वितरण कार्यक्रममा नेपाल परिवार दलका शुक्ला फाटा नगरपालिकाका नगर अध्यक्ष उद्दब राज अवस्थी, पिस फोर्सका जिल्ला सचिव शहदेब भट्ट रहेका थिए । यस्तै पिस फोर्स केन्द्रीय सदस्य अजय जैरु रहेका थिए । यसै शुक्लाफाटा नगरपालिकाका सोही टोलका स्थानीयहरुले स्थानीय सरकार र कुनै संघ सस्थाले कुनै किसिमको सहयोग नगरेको गुनासो गरेको बताएका छन् । उनीहरुले भने नेपाल परिवार दल सरकारमा नभएपनि हामी दुखि गरिबहरुको साहरा बनेकोमा धन्यवाद भन्दै खुसी ब्यक्त गरेको युवा नेता अजय जैरुले जानकारी दिए ।


