कैलाली। कैलालीमा आजदेखि बालबालिकालाई मोडर्ना खोप लगाइने भएको छ । १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कैलालीमा आजदेखि कोभिड-१९ विरुद्धको मोडेर्ना खोप लगाइने भएको हो।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख लालबहादुर धामीले विभिन्न पालिकामार्फत बिद्यालयमा खोप उपलब्ध गराई माघ १७ गतेदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडेर्ना खोप लगाइने बताए ।
खोप लाउने उमेर समुहका सबै बालबालिकालाई खोप लगाउने लक्ष्य अनुरुप उक्त उमेर समूहका बालबालिकालाई आफू अध्ययनरत विद्यालयमा उपस्थित भै भोलिदेखि खोप लगाउन प्रमुख धामीले आग्रह गरे ।


