धनगढी। धनगढी लेडि जेसिजद्धारा धनगढीमा निशुल्क माक्स बितरण गरिएको छ । धनगढी लेडि जेसिजले धनगढीका बिभिन्न स्थानमा निशुल्क रुपमा माक्स बितरण गरिएको जनाएको छ ।
धनगढीको मुख्य बजार तथा मानिसको बढी भिडभाड हुने त्रिनगर भन्सार, धनगढी चौराह, पार्कमोड लगायत बिभिन्न क्षेत्रमा पुगेर निशुल्क माक्स बितरणका साथै माक्स प्रयोगको बारेमा सचेतना दिइएको धनगढी लेडि जेसिजकी अध्यक्ष सुरस्वती खड्का भट्टले जानकारी दिइन्।
कोरोना संक्रमण बढ्दै गइरको र जोखीम पनी त्यतीकै मात्रामा रहेकाले धनगढीका बिभिन्न ठाउँमा सर्वसाधारण बिना माक्स हिँडीरहेको पाइएकाले सचेतना फैलाउँदै र निशुल्क माक्स बितण गरिएको उनले जानकारी दिइन् । उनले भनिन, जेसिज सामाजिक संस्था भएकाले समाजमा अप्ठयारो पर्दा आफुहरु सक्दो सहयोग गर्ने र निरन्तर रुपमा अघि बडीरहने बताईन्।
सोही सामाजिक कार्य अनुसार आज माक्स बितरण गरिएको धनगढी लेडि जेसिजकी अध्यक्ष भट्टले जानकारी दिइन् ।निशुल्क माक्स बितरण कार्यक्रममा अध्यक्ष सरस्वती खड्का भट्ट सहित कार्यकारिणी उपाध्यक्ष सुशिला निरौला, कार्यकारिणी उपाध्यक्ष मञ्जु बम, उपाध्यक्ष निर्मला भट्ट, प्रकरण निर्दैशक सरिता साउँद, वृद्धि संयोजक रवती देउवा, कोष वृद्धि संयोजक मिना राना, सदस्यहरु दिपा भट्ट, सोभा गुरुङ तथा निर्धका चन्द लगायतको उपस्थीती रहेको थियो ।






