धनगढी। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा क्षेत्रमा रहेका बिओपीको अनुगमन गरेका छन् । कैलाली जिल्ला स्थित सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बिओपीको अनुगमन गरेका हुन्।
शसस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह सहितको टोलीले सीमा क्षेत्रमा रहेका बिओपीको अनुगमन गरिएको हो । अनुगमनपछि कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी थापाले १ सय १ किलो मिटरमा रहेका १८ ओटा बिओपी मध्ये अधिकांश बिओपीको भैतिक अबस्था कमजोर रहेको बताएका छन्।
अनुगमनका क्रममा सो क्षेत्रमा रहेका बिओपीमा कार्यरत सशस्त्र प्रहरीले साधनस्रोतको अभावका बिच पनि सीमाक्षेत्रका बसेर सीमारक्षा गरिरहेको उनले जानकारी दिए । सो टोलीले कैलाली स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी पगियापसार, कलापातल ,लालबोजी र हलौनाघाटको अनुगमन तथा निरिक्षण गरेको थियो ।अनुगमन टोलीमा कैलाली जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिबराज जोशी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह लगायतको सहभागीता रहेको थियो ।

