धनगढी। सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको कृष्णपुरका ३१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
शनिबार स्वास्थ्यमा समस्या देखिएपछि आइसियुमा उपचारका क्रममा उनको मृत्यु भएको सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए । आईसीयूमा राखेर उपचार भइरहेकोमा आइतबार बिहान १० बजेतिर उनको मृत्यु भएको हो ।

