धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर १३ मा नेपाल परिवार दलका युवा नेता खडक नागरीको पहल तथा टीजुची फाउन्डेसनको सहयोगमा ब्लाङ्केट (न्यानो लुगा) वितरण गरिएको छ।
आइतबार धनगढी उपमहानगरपालिका श्रीलङका वडा नम्बर १३ का बृद्धा गरिब एकल महिलाहरुलाइ ८० पिस बलाङकेट वितरण गरिएको हो । ब्लाङ्केट लुगा वितरण कार्यक्रममा नेपाल परिवार दलका जिल्ला अध्यक्ष बिशाल चौधरी, केन्द्रीय सदस्य शंकर राज ढकाल, केन्द्रीय सदस्य बिष्णु विके, प्रदेश सदस्य सोनिया शिलाधर सदस्य सीता पाठक र पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु रहेका थिए।
यस्तै सोही टोलका थारु समुदायका भलभन्सा आइतराम चौधरी तथा धनगढी उपमहानगरपालिका १३ श्रीलङका क्षेत्रका स्थानीयहरुको उपस्थीती रहेको थियो । उनीहरुले स्थानीय सरकार र कुनै संघ संस्थाले कुनै किसिमको सहयोग नगरेको गुनासो गरेका छन । नेपाल परिवार दल सरकारमा नभएको समयमा पनि हामी दुखि गरिबहरुको साहारा बनेकोमा धन्यवाद गरेका थिए । ब्लाङ्केट लुगा वितरण गरेको भन्दै उनीहरुले खुसी ब्यक्त गरेका छन् । कार्यक्रममा बिभिन्न ब्यक्तीहरुको सहभागीता रहेको युवा नेता अजय जैरुले जानकारी दिए।



