काठमाण्डौँ। नेपाल परिवार दलका अध्यक्ष तथा नेपाल सरकारका पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले मित्र राष्ट्र गणतन्त्र इस्ट टिमोरकि विदेश मामिला मन्त्री अदाल्जीज़ा अल्बेर्तिना जेभिएर ऋएइस माग्नो संग भेट गर्नु भएको छ।
भेटमा आपसी हित र क्षेत्रीय शान्ति सुरक्षामा बहुपक्षीय साझेदारीको बारेमा कुरा भएको ढकालको सचिबालयले जनाएको छ। विदेश मन्त्री अदाल्जीज़ाले इस्ट टिमोर आशिएनको सदस्य राष्ट्र बन्न प्रयत्नरत रहेको बताउदै पारस्परिक हितको बिषयमा सहकार्यको प्रस्ताब राख्नु भयो।
विश्व शिखर सम्मेलन २०२२ को बिशेष दुत समेत रहेका ढकालले गणतन्त्र इस्ट टिमोरको सरकारलाई आयोजकको तर्फबाट आमन्त्रण पत्र पनि हस्तान्तरण गरे ।भेटमा इस्ट टिमोरका राजदुत कुपा लोपेजको समेत उपस्थिति रहेको थियो।


