कैलाली। कैलालीमा होटल भित्रै एक जना मृत अवस्थामा भेटिएका छन् । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ४ राजीपुरमा रहेको गहतेगडा होटेलमा घोडाघोडी नगरपालिका वडा नं १ का अन्दाजी ३५ वर्षीय साधन डान मृत भेटिएका हुन् ।
होटल भित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार डान यही माघ ३ गतेदेखि उक्त होटेलमा बस्दै आएका थिए।
डान शनिबार ओछ्यानमै घोप्टिएको अवस्थामा मृत फेला पारिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।मृत्युको कारण भने खुल्न सकेको छैन । यस बिषयमा थप सोधपुछ र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


