कैलाली। कैलालीमा ट्रक दुर्घटना भएको छ । आज साँझ कैलालीको गोदावरी नगरपालिका ७ हरैया नजिकै ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ।
कैलालीको अत्तरियाबाट पुर्वतर्फ जाँदै गरेको ना ४ ख ५७६२ नम्बरको ट्रक आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । लोड गरिएको ट्रक सडक किनारामा कल्भर्टको पर्खालमा ठोक्किएर पल्टिएको छ।
ट्रक दुर्घटनामा मानविय क्षति भने नभएको र बिस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ । घटना बारे थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ ।


