धनगढी। धनगढी उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने प्रतिबद्धता गरिएको छ। वालबालिका तथा युवाको समग्र विकासका लागि धनगढी उपमहानगरपालिकाले धनगढीलाई बालमैत्री नगर बनाउने ५ बुदे प्रतिबद्धता जनाएको छ। ।
शुक्रबार युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा धनगढीमा आयोजित स्थानिय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता बिषयक अन्र्तक्रिया कार्यक्रममा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी, वडा नम्बर ८ का वडाध्यक्ष नारायण बराल लगाएत विभिन्न शाखाका शाखा प्रमुखहरुले संयुक्त प्रतिबद्धता व्यक्त गरेका हुन ।
अन्तरक्रिया कार्यक्रममा सहभागी बालबालिका तथा युवाहरुले विभिन्न प्रश्न तथा गुनासो व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी नगर बाल सञ्जालकी अध्यक्ष लक्ष्मी जोशीले नगरपालिकाबाट बालक्लवहरुको लागि बजेट विनियोजन नभएको गुनासो गरीन् । उनले बालक्लवहरुले बजेट अभावकै कारण बालक्लवहरुले चाहे अनुसारको काम गर्न नसकेको बताइन् । यस्तै योजना तर्जुमा प्रक्रिया बालबालिकाहरुको सहभागिता नहुने बताइन् ।यस्तै सहभागी प्रविन चन्दले बालक्लवहरुका योजनाहरु नगरको योजना पुस्तिकामा समावेश नहुने र स्थानिय योजना तर्जुमा आफुहरुलाई जानकारी समेत नहुने गुनासो व्यक्त गरे । अर्का सहभागी सुरज खड्काले बालबाली तथा बिद्यार्थिहरुमा लागु औषध दुव्र्यसनिका समस्या बढ्दै गएकाले नगरपालिले यस बिषयमा गम्भिर भएर सोच्नुपर्ने बताए ।
सहभागी युवा कुवेर खड्काले पछिल्लो समय युवापुस्ताहरुमा मानसिक समस्या बढ्दै गएको र यस बिषयमा मानसिक समस्या समाधानको लागि मानसिक शिक्षा सम्बन्धी योजना र लगानि बढाउनुपर्ने बताए । यस्तै नरगपालिकाले व्यवहारीक तथा गुणस्तरीय शिक्षामा नगरपालिकाले जोड् दिनुपर्ने बताए । नगर बाल सञ्जालका सचिव मनिस बोहराले बालबालीकाहरुका लागि विनियोजित भएको बजेट सदुपयोग नहुने गरेको बताए । सहभागीहरुका प्रश्न तथा गुनासाहरुलाई सम्बोधन गर्दै नगरपालिका सामाजिक शाखा प्रमुख टंकबहादुर बिष्टले योजना तर्जुमा पक्रियामा टोल र वडा स्तरमा हुने भेलाहरुमा बालबालिकाहरुको सहभागि बढाउने बताए । उनले बालबालिकाका आवश्यकतालाई मध्य नजर गर्दै कति उमेर समुहकालाई कस्ता किसिमका योजनाहरु दिदा उपयुक्त हुने बुझेर योजना छनौट गर्ने बताए ।यस्तै बालबालीका तथा युवाहरुको समस्यालाई सम्बोधनको लागी आफ्नो शाखाबाट हुनसक्ने सबै काम गर्न तयार रहेको बताए । यस्तै नगरपालिका युवा तथा शिक्षा शाखाका शाखा अधिकृत अकबर चन्दले शिक्षाका क्षेत्रमा नरगपालिकाले थुप्रै कामहरु गरेको बताए । उनले बालबालीका तथा युवाहरुको समस्या तथा आवश्यकतालाई ध्यानमा राखेर शाखाले काम गरिरहेको बताए । उनले शाखाबाट भए गरेका सम्पुर्ण कामहरुको विवरण समेत अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरे । कार्यक्रममा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नारायण बरालले स्थानिय योजना तर्जुमा बालबालीका तथा युवाहरुको सहभागीता बढाउने बिषयमा आफुहरु सक्रात्मक भएको बताए । उनले नगरका योजनाहरुका बालबालीका तथा युवाहरु समस्या समाधान संगै उनिहरुको समग्र विकासका लागि आफुहरु प्रतिबद्ध गरेको बताए । नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले दुई बर्षदेखी कोभिडका कारण स्थानिय योजना तर्जुमा बालबालीहरुको सहभागीता न्युन रहेको स्विकार गरे ।
उनले आगामी योजना तथा कार्यक्रममा सबै क्षेत्रालाई समेटेर लैजाने बताए । यस्तै धनगढीलाई बालमैत्री नगर बनाउन आफुहरु लागि परेको समेत मुडभरीले बताए । उनले युवाहरुका समस्या समाधानका लागि विद्यालयस्तरमा सुधारका कार्यक्रम ल्याउने बताए । अन्तरक्रिया कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धनगढीलाई सुदूरपश्चिमको पहिलो बालमैत्री नगरपालिका बनाउन आफु लागि पर्ने धारणा राखे । बाल संरक्षणलाई जिबन्त राख्न सबै क्षेत्रले एकजुट भएर लाग्नुपर्ने उनले बताए । यस्तै नीति निमार्ण कर्ताहरुले समेत बालबालीका तथा युवाहरुको बिषयमा कदम चाल्नुपर्ने सुझाए ।कार्यक्रममा बासका कार्यक्रम निर्देशक हेमराज भट्टले कार्यक्रमको बिषयबस्तु माथि प्रकाश पारेका थिए । बास नेपालले अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न पालिकाहरुमा बाल संरक्षणका क्षेत्रमा काम गरिरहेको बताए । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, विभिन्न बालक्लवका पदाधिकारी, युवा सञ्जालका पदाधिकारी र सरोकारवालाहरुको सहभागित रहेको थियो । कार्यक्रमको सञ्चालन बास कैलालीका अध्यक्ष पाण्डव पुजाराले गरेका थिए ।