धनगढी। नेपालको जनगणना २०७८ अनुसार धनगढीको जनसंख्या दुइ लाख नाघेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार धनगढीको जनसंख्या २ लाख ४ हजार ७ सय ८८ पुगेको छ।
जसमध्ये १ लाख २ हजार ३ सय ३४ पुरुष र १ लाख २ हजार ४ सय ५४ महिला रहेका छन्। यस्तै धनगढीमा ३९ हजार २ सय ३९ घर संख्या र ४६ हजार ६ सय ७० परिवार संख्या रहेको जनाइएको छ।जनगणना २०७८ अनुसार तल हेर्नुहोस तालिका 

