धनगढी। कैलालीका एक कोरोना सङ्क्रमित वृद्धको आज विहान मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–५ का ६२ वर्षका वृद्धको मृत्यु भएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार ती वृद्धलाई माघ ११ गते कोभिड पुष्टि भएको थियो । आइसीयुमा राखेर उपचार गर्ने क्रममा उनको ज्यान गएको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।


