धनगढी। मालिकार्जुन दार्चुला सेवा समाजद्वारा दार्चुलाका स्थानीय जनप्रतिनिधिहरुलाइ स्वागत गरिएको छ।
धनगढी ५ तारानगरमा रहेको मालिकार्जुन दार्चुला सेवा समाजको सभा हलमा दार्चुला जिल्लाका स्थानिय निकायका प्रमुखहरुलाइ स्वागत गरिएको हो।
बुधबार सभा हलमा दार्चुला जिल्लाका स्थानिय निकायका प्रमुखहरुमा महाकाली नगरपालीकाका नगर प्रमुख हंस राज भटट् ,शैल्यशिखर नगरपालीकाका नगर प्रमुख अमर सिहं धामी, मालिकार्जुन गाउँपालीकाका अध्यक्षनरेन्द्र सिहं धामीलाई स्वागत गरिएको छ ।
यस्तै नौगाड गाउँपालीकाका अध्यक्ष प्रेम सिहं धामी, दुहु गाउँपालीकाका अध्यक्ष पुलेन्द्र सिहं कार्की, व्यास गाउँपालीकाका अध्यक्ष दिलिप सिहं बुढाथोकी, लेकम गाउँपालीकाका अध्यक्ष परमानन्द जोशी, लगायत मालिकार्जुन गाउँपालीकाका उपाध्यक्ष पुष्पा अवस्थी, लेकम गाउँपालीकाका उपाध्यक्ष माधवी जोशीलाइ स्वागत गरिएको हो।
यस्तै व्यास गाउँपालीकाका उपाध्यक्ष हेमा भटट्, दुहु गाउँपालीकाका उपाध्यक्ष इश्वरी जोशी, महाकाली नगरपालीका ७ वडा अध्यक्ष दिनेशराज जोशी, समेतलाई स्वागत गरिएको थियो । सो अवसरमा सम्पूर्ण अतिथिज्यूहरुलाई दार्चुला दर्पण उपहार स्वरुप प्रदान गरिएको थियो । साथै आफ्नो व्यस्त समयका वावजुद हाम्रो अनुरोध स्वीकार गरी कार्यक्रममा सहभागी भएकोमा सम्पूर्णमा अतिथिमा हार्दिक धन्यावद ब्यक्त गरिएको छ ।