धनगढी। कैलालीकी गरिमा शाह राष्ट्रिय सभाको सदस्यमा विजयी भएकी छन्। राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कैलालीकी मदकुमारी शाह गरिमा सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार भएकी थिइन।
नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार भएकी उनी १५० मत ल्याएर विजयी भएकी हुन । उनको प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमारी शर्माले ७५ मत प्राप्त गरिन । तीन मत बदर भएको थियो । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन्। शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत रहेकी छिन् ।