कैलाली। राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि खुलातर्फ नेपाली काङ्ग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन्।
उनले १४३ मत पाएर जित हासिल गरे। उनका प्रतिद्वन्द्वी एमालेका डिल्लीराज भट्टले ८२ मत पाएर पराजित भए । तीनै जना सत्ता गठबन्धनका तर्फबाट निर्वाचित भएका हुन् ।