कैलाली। सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका तीन जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ।
राष्ट्रियसभा सदस्यका लागि बुधबार सुदूरपश्चिम प्रदेशसभाको परिसरमा हुने मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ। मतदान केन्द्र निर्माण लगायत सबैकाम सम्पन्न भएको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्ट प्रेम राज भट्टले जानकारी दिए।
भट्टका अनुसार मतपत्र छपाइको काम पनि सकेर सुरक्षित रुपमा राखिएको छ। मतदानमा सहभागि हुनका लागि सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्थानीय तहका जनप्रतिनिधिहरु धनगढी पुगिसकेका छन्। मतदान अधिकृत लगायत मतदान कर्मचारीलाई तालिम दिई सामाग्री हस्तान्तरण गरि मतदान केन्द्र निर्माण कार्य सम्पन्न भएको छ उनले भने। मतदान केन्द्र स्थल सुदुरपश्चिम प्रदेश स्थलमा २ वटा मतदान केन्द्र तोकिएका छन्। उनले भने ( क) मतदान केन्द्रमा (५२)जना प्रदेश सभा सदस्यहरुले मतदान गर्ने र (ख)मतदान केन्द्रमा (१७५ जना) स्थानिय तहका स्थानिय तहका अध्यक्ष उपाध्यक्ष, प्रमुख तथा उपप्रमुखले मतदान गर्ने ब्यवस्था मिलाएको छ। ६ जना उमेदवार दिएका छन् । भोली मतदान बिहान ९ बजे देखी ३ बजेसम्म मतदान कार्यक्रम रहने जनाइएको उनले जानकारी दिए ।
सुदूरपश्चिममा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन्।मतदाताको व्यवस्थापन सम्बन्धित दलहरूले गरिरहेका छन् । मौन अवधि भएपनि आफ्ना उम्मेदवारहरूलाई जिताउन अभियान चलाइएको छ। मतदातालाई सामूहिक भेला गराएर आफ्ना उम्मेदवारहरूलाई भोट हाल्न निर्देशन दिने तयारी भइरहेको छ। पार्टीका जनप्रतिनिधीहरुलाई परिचय गराउने कार्यक्रम रहेको छ। गठबन्धनको तर्फबाट खुल्लामा नेपाली कांग्रेस कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेलधुराका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाह चुनावी मैदानमा छन्।
मौन अवधि सुरु भएको हुँदा औपचारिक रूपमा कार्यक्रम आयोजना गर्न नपाइने भए पनि दलहरूले आफूनिकटका जनप्रतिनिधिलाई बोलाएर उम्मेदवारहरूसहित प्रशिक्षण दिइएको छ। एमालेले महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ । प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा)( का एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एक जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यमा तेस्रो स्थानमा रहेको कांग्रेस स्थानीय तहमा भने पहिलो स्थानमा छ । १७५ मतदातामध्ये सुदूरपश्चिममा कांग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । त्यस्तै माओवादीका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् ।भिडियोसहित यहाँ तल हेर्नुहोस…
https://www.facebook.com/supamedia01/videos/238587305115303