कैलाली। नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन्। आज बसेको सांसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो।
भट्ट बैतडी बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। आजको बैठकले १२ गते हुने रास्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान गर्न समेत निर्देशन दिएको जनाइएको छ।