धनगढी। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरीक्षक प्रबिण धितालले आज कार्यभार ग्रहण गरेका छन् । नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेबाट सरुवा भई प्रदेश ट्राफिक प्रहरी कार्यालय आएका बस्नेतले सोमबार कार्यभार ग्रहण गरेका हुन ।
प्रहरी उपरीक्षक धिताललाई प्रहरी अधिकृतहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक बामदेव गौतमलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेनस शाखामा सरुवा गरेपछि उनको स्थानमा धिताल आएका हुन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रबिण धिताल ज्युलाई स्वागत कार्यक्रमका केही झलकहरु