धनगढी। नेपाल प्रहरीका २ हवल्दार र ११ जवानसहित १३ जना सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले एक सुचना जारी गर्दै सम्पर्कविहीन बनेका १३ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको उक्त सुचनामा आफूखुरी सम्पर्कविहीन भएको जनाइएको छ । सोमबार जारी सूचनामा सम्पर्कमा आउदा स्पष्टिकरणसहित आउन पनि आग्रह गरिएको छ । नेपाल प्रहरीले सम्पर्कमा नरहेका १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको हो ।
आज सार्वजनिक सूचना निकालेर प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी प्रहरीलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो । यस्तै सुदूरपश्चिम घर भएका प्रहरी हवल्दार मंगल सिंह कुँवरसहित पाँच जना प्रहरी सम्पर्कविहीन छन् । दार्चुलाका महाकाली नगरपालिका १ घर भएका प्रहरी हवल्दार मंगल सिंह कुँवर, बैतडीको दशरथचन्द नगरपालिका ६ का प्रहरी जवान विक्रम महर, बझाङको तलकोट गाउँपालिका १ का सुरेश कुमार दुवाल, बैतडीको मेलौली नगरपालिका ७ का मार्सल जुलम एस।पि र अछामको मंगलसेन नगरपालिका ८ का दिल दिक्षित राज के।सी कार्यालयको सम्पर्कमा छैनन् ।हप्ता दिनभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ ।यो हेर्नुहोस सुचना



