धनगढी। बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीकालागि भवन निर्माणको कार्य सुरु भएको छ। धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीकालागि भवन निर्माण सुरु भएको हो।
प्रहरी चौकी भवनको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले शिलन्यास गरेका हुन्। धनगढी उपमहानगरपालिकाले प्रहरी चौकीको भवन निर्माणका लागि १० लाख बजेट छुट्याएको उनले जानकारी दिए। नगर प्रमुख वडले भने, ‘१० लाख उपमहानगरपालिकाले छुट्याएको छ‘ बाँकी रकम जनश्रमदान गरेर १६ लाख रुपैयाँमा प्रहरी चौकीको भवन निर्माण हुन्छ उनले भने।’
बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले चौकीका लागि १० कठ्ठा जमिन उपलब्ध गराएको अध्यक्ष पदमराज जोशीले जानकारी दिए। बेहडाबाबा मन्दिर व्यवस्थापन समिति अध्यक्ष जोशीले भवनकालागि काठ मन्दिरले व्यवस्थापन गर्ने र बाँकी जनश्रमदानबाट पनि हुने बताउँदै तीन महिनामा भित्रै निर्माण सम्पन्न जानकारी दिएका छन् ।