काठमाण्डौँ। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनबारे टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार देशवासीका नाममा सम्बोधन गरेका थिए ।
शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको सम्बोधन संविधान र लोकतन्त्रको पक्षमा चुनावबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो रहेको पनि बताए।
प्रधानमन्त्री देउवाको भाषण ध्यानपूर्वक पढियो। राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन ! कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो! उनले भनेका छन्।