धनगढी। कोभिड–१९ को ग्राफ फेरि बढ्न थालेपछि कैलालीमा थप कडाई हुने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले कोरोना भाइरको जोखिम न्यूनिकरणका लागि थप कडाई गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार डिसीसीएमसीले २५ वटा निर्णय गरेको बताउदै भने, ‘सोही निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी ज्यूले आदेश जारी गर्ने तयारी छ।’उनका अनुसार २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतका सार्वजनिक स्थानमा जाँदा भोलिदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ।
भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाएर व्यवस्थापन गर्ने निर्णय पनि भएको छ। सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ।(यस्तो छ डिसीसीएमसीको निर्णय)