धनगढी। कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दुई सय ८३ जनाको परीक्षण गर्दा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको हो।
जुन झण्डै ६० प्रतिशत हुन्छ।यस्तै २४ घण्टामा सात जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने थप दुईजना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १३ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये तीनजना आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए। सात जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।