कञ्चनपुर। कञ्चनपुरमा धनगढीका एक जना युवक लागूऔषधसहित पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका ६ बुटाबारीबाट करिब ७ ग्राम ५८ मिलिग्राम अवैध लागूऔषध ९खैरो हेरोईन० जस्तो देखिने पदार्थसहित धनगढी २ बस्ने ३३ वर्षीय राजेश स्वारलाइ प्रहरीले पक्राउ गरेको हो। स्वारलाइ मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।
से ५ प ८७४८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट घाटीमा लगाएको मखमलको कालो रंगको नेक गार्ड भित्र सेतो पलास्टिकमा लुकाई छिपाई गरी राखेको अवस्थामा उक्त लागूऔषध पदार्थ फेला पारेको थियो। उनलाई पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।