कैलाली ।कैलालीमा पसलको सटर फोडेर चोरी गरिरहेका २ जना पक्राउ परेका छन्। कैलालीको अत्तरिया बजारको चौधरी गल्लीभित्र रहेको एक किराना पसलको सटर फोडेर चोरी गरिरहेको अवस्थामा पक्राउ परेका हुन।
Advertisement


पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका-८ स्याउलेका राजेश विष्ट र कञ्चनपुरको दैजी घर भएका मन्नु लुहार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बालप्रशाद घिमिरेको किराना पसलको सटर फोड्ने क्रममा राति १२ बजे नियन्त्रणमा लिइएको बताइएको छ। उनीहरुलाई मंगलबार राति पसलको सटर फोडेर चोरी गरिरहेका दुई जना पक्राउ परेका छन्।
Advertisement

उनीहरुको साथबाट नगद र केही जिन्सी सामानहरु पनि बरामद गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।उनीहरुले यस अघि पनि बजार क्षेत्रमा चोरीको प्रयास गरेको पाइएको छ । यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement


तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु